९ हजार कर्मचारी कटौती गर्दै अमेजन

काठमाडाैं | चैत ७, २०७९

९ हजार कर्मचारी कटौती गर्दै अमेजन

सान फ्रान्सिस्को: अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ। अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन्। 

 

एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन्। यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने घोषणा गरेको थियो।

 

कुन विभागका कर्मचारी कटौतीमा पर्ने भन्ने निर्णय भइनसकको जनाउँदै एन्डीले आगामी एप्रिलको मधयसम्ममा निर्णय कार्यान्वयन हुने बताएका छन्। अमेजन विश्वको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी मध्येको एक हो।  विश्वभर करिब १५ लाख कर्मचारी अमेजनमा आबद्ध छन्। 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्